ग्रेटर वीरगञ्ज अभियानको सार्थकता

वीरगञ्ज क्षेत्रको भौगोलिक र आर्थिक सम्भावना उपभोगका लागि अघि सारिएको ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । डेढ दशकअघि सारिएको यस अभियानले वीरगञ्जलाई नेपालको आर्थिक राजधानीका रूपमा स्थापित गराउने लक्ष्य लिएको छ । मुलुकको राजधानी काठमाडौंमा सबै थोक केन्द्रित भइरहेको सन्दर्भमा वीरगञ्जलाई आर्थिक राजधानी बनाउन सकिए धेरै नै फाइदा लिन सक्ने देखिन्छ । प्रधानमन्त्रीहरूले प्रतिबद्धतामा हस्ताक्षर गर्ने तर त्यसको कार्यान्वयनका लागि कत्ति पनि भूमिका निर्वाह नगर्ने हो भने किन हस्ताक्षर गरेको हो, त्यसको जवाफ उनीहरूले दिनुपर्छ । ग्रेटर वीरगञ्ज अवधारणाअनुसार बारा र पर्साका वीरगञ्ज उपमहानगरपालिका र कलैया नगरपालिकासहित दुवै जिल्लाका ३५ गाविसको करीब ५ सय वर्ग किलोमीटरलाई समेटेर ग्रेटर वीरगञ्जको अवधारणा अघि सारिएको हो । यसले यस क्षेत्रमा सञ्चालनमा रहेका तथा निर्माणाधीन औद्योगिक, व्यापारिक र सामाजिक क्षेत्रको स्तरोन्नतिका निम्ति आवश्यक पूर्वाधारलाई समेट्ने भएकाले यसको महत्त्व निकै देखिएको हो । भौगोलिक रूपमा देशको मध्यभागमा पर्ने यो शहर आयातनिर्यातको केन्द्र हो । त्यस्तै मुलुकको कुल लगानीको ७० प्रतिशत लगानी यही क्षेत्रमा भएको छ । त्यसैले यसलाई कानूनी आधारसहित ग्रेटर वीरगञ्ज बनाउने अभियान सञ्चालन गरिएको हो । आर्थिक अभियानले आयोजना गरेको एक कार्यक्रममा मुलुकका पाँच जना प्रधानमन्त्रीलाई एउटै मञ्चमा राखेर ग्रेटर वीरगञ्ज अभियान चलाइएको थियो । पाँचै जना प्रधानमन्त्रीले यो अवधारणामा लिखित प्रतिबद्धतासमेत व्यक्त गरे तर तिनले यसलाई कार्यान्वयन गराउने पहल भने कत्ति पनि गरेनन् । यसो हुनुको कारण यसको महत्त्व र यसले पार्ने दूरगामी प्रभाव बुझ्न नसक्नु हो । वीरगञ्जवासीले पनि यस्तो अवधारणा कार्यान्वयन गराउन प्रयास गर्न आवश्यक हुन्छ । यस्तो अभियानमा विभिन्न राजनीतिक स्वार्थ देखिन सक्छ । जस कसले लिने भन्नेमा होडबाजी हुन सक्छ । तर, ग्रेटर वीरगञ्ज अभियानमा अगाडि यस्ता स्वार्थ र चासो गौण हुन्छन् र हुनुपर्छ । ग्रेटर सिटीको अवधारणा नेपालमा मात्र उठेको होइन, अन्य देशमा पनि प्रचलनमा रहेको पाइन्छ । यस अवधारणाले मूल शहरको आसपासमा सानासाना शहर विकास गर्छ र त्यसलाई मूल शहरसँग जोड्छ । उदाहरणका लागि काठमाडौंलाई ग्रेटर सिटीको अवधारणामा अघि बढाइयो भने बनेपा, त्रिशूली, नौबीसेजस्ता आसपासका शहरलाई स्याटेलाइट सिटीका रूपमा विकास गरिन्छ । यसो हुँदा कोर शहर र आसपासमा रहेका क्षेत्रको सँगसँगै विकास हुन्छ । ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयनमा आए त्यस वरपरका धेरै ठाउँको विकास हुन्छ । राजनीतिक राजधानी काठमाडौं भए पनि आर्थिक राजधानी भने वीरगञ्ज बन्न सक्छ । वीरगञ्ज वरपरका शहरसँग यसको अन्तरनिर्भरता बढ्छ र वीरगञ्ज आफै पनि विकसित हुन्छ । त्यसैले यो अवधारणालाई छिटो कार्यान्वयनमा लैजानु आवश्यक छ । भारतमा ग्रेटर सिटीको अवधारणाअनुसार शहरको विस्तार गरिएको छ । यो स्मार्ट सिटीजस्तै हो जुन निकै व्यवस्थित हुन्छ । मुख्य शहरभन्दा बाहिर विकसित हुने शहरलाई बढी योजनाबद्ध ढंगले अघि बढाउन सकिन्छ । काठमाडौं उपत्यकामा विभिन्न महानगर र नगर भएकाले यसको एकीकृत विकास हुन सकेको छैन । यदि उपत्यकाका सबै नगरपालिकालाई एउटै प्राधिकरणभित्र राखेर काम गर्ने हो भने त्यसले अहिले देखिएको असमन्वय र समस्या निकै कम गर्छ । वीरगञ्जमा यो अवधारणा लागू भए अन्य शहरलाई पनि त्यसै अनुसार अघि बढाउन सकिन्छ । प्रधानमन्त्रीहरूले प्रतिबद्धतामा हस्ताक्षर गर्ने तर त्यसको कार्यान्वयनका लागि कत्ति पनि भूमिका निर्वाह नगर्ने हो भने किन हस्ताक्षर गरेको हो, त्यसको जवाफ उनीहरूले दिनुपर्छ । यदि गलत हो भने प्रतिबद्धतामा सही गर्न हुँदैनथ्यो । यदि उपयुक्त छ भने सही गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने भनेर सरोकारवालासँग छलफल गर्न सकिन्छ र त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजान सकिन्छ । तर, नेपालमा आर्थिक विकाससँग सम्बद्ध कुरालाई अत्यधिक महत्त्व दिने र आर्थिक विकाससँग सम्बद्ध मुद्दालाई ज्यादै कम महत्त्व दिने सोचाइ र संस्कृति आमरूपमा व्यापक रहेको पाइन्छ । यही कारण व्यवसायीलाई सबै कुुरा स्पष्ट पार्नुभन्दा अन्योल र भ्रम सृजना गरिन्छ । त्यसैले कथनी र करनीमा अन्तर नल्याएसम्म राजनीतिक नेतृत्वलाई जनताले पत्याउने अवस्था आउँदैन । 

सम्बन्धित सामग्री

कर दिवसको सार्थकता

पछिल्ला वर्षहरूमा राजस्व प्रशासनमा देखिएका बेथितिलाई थाँती राखेर सरकारले यस वर्ष पनि कर दिवस मनाएको छ । एक दशकभन्दा धेरै समयदेखि सरकारले मंसिर १ मा कर दिवस मनाउन थाले पनि यसले आफ्नो औचित्य साबित गर्न सकेको छैन । वर्षभरिमा कर बुझाउने केही व्यक्ति र संस्थालाई सम्मान गर्दैमा दिवसले सार्थकता पाउँदैन । दिवसको मुख्य उद्देश्य प्राप्तिमा […]

आगामी निर्वाचनको सार्थकता !

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुन अब एक हप्ताभन्दा पनि कम समय छ । उम्मेद्वार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् । लोकतन्त्रमा निर्वाचन जनमत प्राप्ति हेतु महत्वपूर्ण कडी मानिन्छ । बहुदलीय शासन पद्धतिमा त झनै तँछाड मछाडको अवस्थामा तीव्र प्रतिस्पर्धा हुन्छ । त्यो प्रतिस्पर्धामा विगतको एउटा सानो राम्रो कामका कारण राजनीतिक दल जसरी ह्वात्तै […] The post आगामी निर्वाचनको सार्थकता ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने

सुदूरपश्चिम– स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो । धनगढी क्रिकेट एकेडेमीको अगुवाइमा विगतमा आयोजित सुदूरपश्चिमाञ्चल एकेडेमी क्रिकेट […]

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको

करिअरले बल्ल सार्थकता पायो

‘दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बने जत्तिकै खुसी वरीयतामा शीर्ष स्थानमा पुगेपछि पाएको छु,’ दीपेशले अनलाइनखबरसँग खुसी साटे, ‘विकास दाइलाई हराएपछि सुरु भएको मेरो करिअरले अब सार्थकता पाएको छ ।’

महिला हिंसाविरुद्ध अभियानको सार्थकता !

गएको मंसिर ९ गतेदेखि हामीकहाँ पनि लंैगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिन विश्वभर लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा मनाउने चलन छ । आमनागरिकलाई लैंगिक हिंसाविरुद्ध सचेत गराउँदै प्रत्येक परिवार र समुदायलाई जिम्मेवार बनाउने तथा हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउने […] The post महिला हिंसाविरुद्ध अभियानको सार्थकता ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बालदिवसको अन्तर्राष्ट्रियस्तरमा सार्थकता

प्रत्येक वर्षको नोभेम्बर २० तारिख दिन अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइन्छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकारसम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरुवात भयो । त्यही लहरबाट नेपालमा पहिलोपटक बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य […] The post बालदिवसको अन्तर्राष्ट्रियस्तरमा सार्थकता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘वीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’

काठमाडौँ, २४ भदौ: नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको […]

छ दशक लामो सुकुम्वासी आन्दोलनले अब सार्थकता पाउँछ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएका छिन्। मन्त्री अर्यालले आज वालिङमा भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रममा असार मसान्तभित्रै जिल्लाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएइन् ।उनले भूमिहीनहरुको छ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिबद्ध भएर अगाडि बढेको बताइन् । मन्त्री अर्यालले भनिन्, “कोही भूमिहीन हुने र कोही भूमिको मालिक हुने यो विभेदपूर्ण छ, सबै भूमिको मालिक ह