काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम बढी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।करिब ५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत सुनाए। उनले भने, 'यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम