राष्ट्रपतिले फिर्ता गरिन् नागरिकता विधेयक , यस्तो छ अबको प्रक्रिया

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भएपछि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले यस विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जारि गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।'राष्ट्रपतिले विधेयक फिर्ता गरेसंगे अब सो विधेयक पुन: प्रतिनिधिसभामा आउने छ। प्रतिनिधिसभा नियमावली २०७५ को दफा १३६ मा यस समबन्धि ब्यबस्था छ । उक्त दफामा भनिएको छ ' संविधानको धारा ११३ को उपधारा (३) बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएमा अधिवशेन चालु रहेको भए महासचिव वा निजको अनुपस्थितिमा सचिवले सभालाई जानकारी दिनेछ र अधिवेशन चालु नरहेको भए सभाको सूचनापत्रमा प्रकाशित गर्नेछ । ' अहिले संसदको अधिवेशन चालु रहेकोले महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रतिनिधि सभालाई जानकारी दिने छ । प्राप्त हनु आएको विधेयक सम्बन्धी जानकारी सभालाई दिएपछि त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस्, वा पुनर्विचारको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछ । त्यसपछि अन्य विधेयक सरह नै यो विधेयक अगाडी बढ्ने छ । यद्यपि प्रतिनिधिसभा र राष्ट्रिय सभाले  विधेयकमा केहि पनि परिमार्जन नगरी हुबहु नै उक्त विधेयक पारित गर्न पनि सक्नेछ  । हुबहु पारित गरेपनि वा संशोधन सहित पारित गरेपनि राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाउनु पर्ने छ । दोस्रो पटक राष्ट्रपति समक्ष विधेयक प्रमाणिकरणको लागि पठाउँदा राष्टपतिले विधेयक १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्छ । दोस्रो पटक विधेयक प्रमाणिकरणको लागि आउँदा विधेयक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।  संविधानको धारा ११३ को उपधारा ४ मा यस बारे उल्लेख छ ।  उपधारा ४ मा भनिएको छ 'राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।' 

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक : लोसपा

काठमाडौं, १७ जेठ । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको छ। बुधबार अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको हो। लोसपाले नागरिकता विधेयक प्रमाणीत भएसँगै नेपाली नागरिकको पीडामा मलमको काम गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै नागरिकता विधेयक प्रमाणीत गरेका […]

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ

काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ। सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो। राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन्। राष्ट्रपति […]

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फेरि पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देससहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट जस्ताको जस्तै पारित भएपछि सभामुख अग्नि सापकोटालेले विधेयक राष्ट्रपतिसमक्ष पठाउनुभएको हो । गत साउन २९ गते राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गठाउनुभएको थियो ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नागरिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको हो । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका […]

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

नागरिकता विधेयक आजै पारित हुने

काठमाडौँ – नागरिकता विधेयक आजै पारित हुने भएकाे छ। प्रतिनिधि सभाको आज (शुक्रबार) बस्ने बैठकले ‘फास्ट ट्रयाक’मार्फत आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेकाे हाे। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका […]

नागरिकता विधेयक संसदबाट फिर्ता

काठमाडौँ – संसदमा विचारधीन नागरिकता विधेयक फिर्ता भएको छ। सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष छलफल गरेर प्रतिवेदन संसदमा पेश गरे पनि सरकारले त्यसलाई पारित गर्नुको साटो फिर्ता लिएको हो। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ अधिकांश विषयमा सहमति भए पनि […]

संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।नागरिकता विधेयक […]

गठबन्धनको निर्णय : नागरिकता विधेयक अगाडि बढाउने

सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकता विधेयक अगाडि...