पूर्व पत्नीसँग टेबुल टेनिसमा रमाउँदै आमिर

आमिर खानले किरण रावसँग डिभोर्स गर्ने घोषणा गरेको धेरै समय भएको छैन । यो चर्चा सेलाउन नपाउँदै आमिर र किरण सुटिङमा एकसाथ समय बिताइरहेको खबर सार्वजनिक भएको छ । लाल सिंह चड्डा फिल्मको सुटिङ सेटका केही तस्बिरहरू भर्खरै बाहिरिएका हुन् । आमिरको नयाँ फिल्मको सुटिङ लद्दाखमा चलिरहेको छ । यस सुटिङका दौरान पूर्व पत्नी किरण राव र छोरा आजाद पनि आमिरसँगै छन् । स्रोतका अनुसार लाल सिंह चड्ढाको फिल्म युनिटले एक टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ आमिरदेखि टिमका अन्य सदस्य र बालबालिकाले पनि सहभागिता जन