फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ