कोरोना विरुद्धको खोपमा किसानलाई वेवास्ता

म्याग्दी ७, साउन । अहिले देशैभरी विभिन्न वर्ग, पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाईंदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप अभियान चलिरहेको भएता पनि म्याग्दीका किसानहरुले भने खोप लगाउन नपाएको गुनासो गरेका छन् । सर सफाइकर्मीदेखि लिएर शरणार्थी र कार्यालय जाने कर्मचारीदेखि लिएर विदेश जाने व्यक्तिहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप लगाइरहेको भए पनि हरेक मानिसको जीवनसँग जोडिएको अन्न, फलफूल र तरकारी उत्पादन गर्ने किसानलाई भने उपेक्षा गरेको उनीहरुको गुनासो रहेको छ । किसानका हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुले किसानलाई खोप उपलब्ध गराउन माग गरे पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइ रहेको छ । नेपाल किसान संघ म्याग्दीले कोरोना खोपका लागि पटक पटक पहल गरेपनि सुनुवाइ नभएको जानकारी दिएको छ ।  खेतबारीमा काम गर्ने, धेरै भिडभाडमा काम गर्ने, बजारसँग प्रत्यक्ष घुलमिल हुने किसानहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सरकारले ढिला गर्न नहुने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । ‘हुन त सरकारले विभिन्न उमेर समूहका व्यक्तिहरु विभाजन गरेर खोप लगाउन शुरु गरेको छ, तर जसरी शिक्षक, कर्मचारी, यातायातको क्षेत्रमा काम गर्ने व्यक्ति, अन्य पेशामा आवद्ध व्यक्तिहरुलाई तोकेर नै खोप दिइरहेको भए पनि किसानलाई भने त्यस्तो वर्गिकरणमा राखेको छैन’ अगुवा कृषक कार्कीले भने ‘लक्षित उमेर समूहका व्यत्तिहरुमध्ये पनि किसान यतिबेला खेतीपातीमा व्यस्त भएकोले सो उमेर समूहका किसानले खोप लगाएका छैनन् ।’  नेपाल किसान संघ म्याग्दीका अध्यक्षसम्म बहादुर थापाले किसानहरु पनि फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिहरु भएकाले सरकारको प्राथमिकतामा पर्नु पर्दथ्यो भन्दै अब प्राथमिकतका साथ सबै किसानलाई खोप लगाउनु पर्छ भने । ‘सोझा र पहुँच नपुग्ने वर्गका किसानलाई खोपमा पनि विभेद गरियो’ अध्यक्ष थापाले भने ‘सरकारले दूध बोक्ने गाडीका चालक र दुध बेच्ने व्यापारीलाई खोप लगाइदियो तर दूध दुहुने  र अन्न तथा तरकारी फलाउने किसानलाई वास्तै गरेन ।’ म्याग्दीमा खेतबारीमा काम गर्ने, पशुपालन गर्ने, पोल्टी क्षेत्रमा काम गर्ने, डेरीमा काम गर्ने किसान तथा व्यवसायीहरुले अझैसम्म पनि खोप लगाउन नपाएका थापाको भनाइ रहेको छ । कोरोना महामारीको समयमा अरु व्यक्तिहरु घर भित्र नै सुरक्षित रहने भएपनि किसानहरु भने निरन्तर काममा खटिइ रहनु पर्दछ ।  कोरोना संक्रमणको जोखिम मोलेर कामका खटिइ अन्न तथा तरकारी उत्पादन गरेर उपभोक्ताहरुको घरघरमा पु¥याइदिने किसान नै खोपबाट बञ्चित रहनु दूर्भाग्य भएको बेनी नगरपालिका २ खबराका अगुवा कृषक शोभित शर्माले बताए । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म अनुदान र खरीद गरेर ९७ लाख ८२ हजार ८५० खोप भित्रिएको छ । यतिधेरै खोप आउँदा पनि कृषि प्रधान देशमा किसानले नै खोप लगाउन नपाउनु दूर्भाग्यपूर्ण भएको किसानहरुको गुनासो रहेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सरकारले तोकेका विभिन्न उमेर समूह अन्तर्गतका किसानहरुले पनि खोप लगायतका र लगाउन बाँकी सबैलाई क्रमशः लगाइने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका तीन जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ।

ताप्लेजुङमा १ लाख २३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

ताप्लेजुङमा १ लाख २३ हजार बढीले कोरोना विरुद्धको खोप लगाइसकेको पाइएको छ। दोस्रो मात्रा भने ५६ हजार बढीले लगाएका छन्।...

आजदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार […]

भक्तपुरमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै

जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।

अब विद्यालय तथा कलेजमै कोरोना विरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको छ । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उहाँले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताउनुभएको हो । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप …

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा हिजो (बिहीबार) आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउन सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ […]

विद्यालय तथा कलेजमै गएर कोरोना विरुद्धको खोप लगाउने सरकारी योजना

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने सरकारको योजना रहेको बताएका छन् । चाबहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा बिहीवार आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे । कलेजका अध्यक्ष गेहेन्द्...

कोरोना विरुद्धको खोप लगाउन ओमानमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध

काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ र कोरोना विरुद्धको खोप लगाउनुभएको छैन ? यदि छैन भने ढिलो नगर्नुहोस् ।  ओमानले कोरोना विरुद्धको खोप अभियानमा सबै विदेशी श्रमिकलाई पनि सहभागी गराइरहेको छ ।  कोही पनि विदेशी श्रमिक नछुटुन् भन्ने अभिप्रायले ओमान सरकारले आउँदा दिनमा पनि विभिन्न प्रशासकीय क्षेत्रहरूमा तोकिएका सरकारी स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउने तयारी गरिरहेको छ ।  आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन ओमानमा कार्यरत सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।  खोप केन्द्र ...

कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन्।

प्रदेश २ का आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान

प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ।