भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित दुई जना पक्राउ

काठमाडौं- भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा […]