२ करोड ५९ लाख खुद नाफा गरेको प्रोग्रेशिभ फाइनान्सको वितरणयोग्य नाफा ४ करोड १८ लाख

वैशाख १४, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासमा रू. २ करोड ५९ लाख खुद नाफा आर्जन गरेको छ ।  मंगलवार प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासमा रू. २० लाख ऋणात्मक थियो ।  चालू आवको तेस्रो त्रैमासम कम्पनीको अन्य सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो ।  गत अवाको तेस्रो त्रैमासको तुलनामा कम्पनीको अन्य सञ्चालन आम्दानी ११४ प्रतिशतले वृद्धि भएको छ ।  गत आवमा कम्पनीले अन्य सञ्चालन आम्दानी रू. ८२ लाख ४ हजार गरेकोमा चालू आवमा वृद्धि भएर रू. १ करोड ७६ लाख पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड १८ लाख रहेको छ । नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि प्रगति भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.शून्य दशमलव १२ रहेकोमा चालू आवको सोही अवधिमा रू. ४ दशमलव ५० पुगेको हो । चुक्तापूँजी रू. ८० करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ४ करोड ३९ लाख, रिटेन्ड अर्निङमा रू. ४ करोड ९२ लाख र शेयर प्रिमियममा रू. ७१ लाख २४ हजार सञ्चित गरेको छ ।