काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा ओली पक्ष नेताहरूको मात्र उपस्थिति रहेको थियो।सर्वोच्च अदालतको परामादेशले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन्। उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।संसद् पुनःस्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी