काठमाण्डाै – साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भुटानलाई एक–शून्यले पछि पारेकाे छ । पहिलाे हाफकाे खेल सकिँदा नेपालले एक–शून्यकाे अग्रता लिएकाे हाे ।
खेलकाे १२ औँ मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आजकाे खेलमा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले गाेल गरेकी हुन् ।
आजकाे खेलमा फर्वार्ड कार्की र मिडफिल्डर दीपा शाहीले राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेका छन् ।
तस्बिर : सविन के श्रेष्ठकाे ट्विटरबाट