दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालन

हेटौंडा । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट सञ्चालनमा आएको छ  दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमताको प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतवार उद्घाटन गरे । मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए । ५० शय्याको अस्पताललाई ३०० शøयाको बनाएको र अब चाँडै ५०० शय्याको बनाइने उनले जानकारी दिए । तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले अब मुटु रोग तथा अर्बुद रोग (क्यान्सर)को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । प्रदेश सरकारले हेटौंडा अस्पतालमा ६ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी मुख्यमन्त्री पौडेलले दिए । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको भन्दै उनले प्रदेश सरकारले सञ्चालन गरेका १३ ओटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिने बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाटै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताइन् । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गरे । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा यसअघि दैनिक २० सिलिन्डर उत्पादन गर्ने प्लाण्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिए । रासस

सम्बन्धित सामग्री

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

सोलुखुम्बु - सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने  निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ । स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन स...

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।

कोसी अस्पतालले अक्सिजन उत्पादन गर्ने

मोरङ – विराटनगरस्थित कोसी अस्पतालले विभिन्न तीनवटा प्लान्टबाट अक्सिजन उत्पादन गर्ने भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार अस्पतालमा दुईवटा अक्सिजन उत्पादन गर्ने क्षमताका प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ। अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा करिब १ करोड ७ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट भने सञ्चालन भइरहेको छ। जसले ९० देखि १ […]

जाजरकोटमा अक्सिजन उत्पादन सुरु

स्वास्थ्य सेवा कार्यालय जाजकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । बुधबार पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले  प्लान्टको उद्घाटन गरसँगैऔपचारिक रुपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो । एक दिनमा...

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

तनहुँ – सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार भदौ तेस्रो साताबाट […]

पाल्पामा अक्सिजन उत्पादन सुरु

पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउन

अर्घाखाँचीमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची जिल्ला अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलबार बेलुकाबाट सञ्चालनमा आएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए ।अक्सिजन उत्पादन सुरु भएसँगै कोरोना संक्रमितको उपचारमा केही सहज भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले […]

हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन

बागमती। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ। दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो। यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गरिनेछ। रासस

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या

दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल […]

महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन […]