नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाए ।उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाक