रियल सोसिडाडसँग भिड्दा भविष्यको खाका खोज्दै पीएसजी

२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति रियल सोसिडाड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमको तुलना गर्ने हो भने आकाश र पातलबीचको फरक छ । सोसिडाड रहेको शहर सान सेबास्टियनको जनसंख्याभन्दा पेरिसको स्थानीय लिग प्रणाली ‘लिग डे पेरिस इले-डे-फ्रान्स’मा खेलाडी धेरै छन् । […]

सम्बन्धित सामग्री

क्लियन म्बाप्पेको विस्थापन खोज्दै पीएसजी

पेरिस सैन्ट जर्माइन(पीएसजी)ले क्लियन म्बाप्पेको विस्थापन खोज्दैछ । २२ वर्षीय क्लियन रियल मड्रिड जाने तर्खरमा हुनुहुन्छ । रियल मड्रिडसँग सहमति भएर सम्झौता भएको अवस्थाका लागि पीएसजीले अहिलेदेखि नै उहाँको बिस्थापन खोज्न थालेको हो । पीएसजीले म्बाप्पेको स्थानमा एभर्टनका ब्राजिली फरवार्ड रिचार्लिसन, म्यान्चेष्टर सिटीका ब्राजिली फरवार्ड गेब्रेल जिसस र बोरसिया डर्टमन्डका नर्वेली फरवार्ड एर्लिङ्ग ब्रौट हाल्याण्डमाथि आँखा जमाएको छ ।