प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

  काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए। The post प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.