बागमती सफाइ महाअभियान ५०० हप्ताका उपलब्धि

बागमती सफाई महाअभियान २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा  दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरुवात भएको देशकै लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानको कुनै किसिमको समिति छैन, कुनै पदाधिकारी छैनन् न त कुनै बैङ्क खाता नै छ । तर पनि निरन्तर महाअभियान जारी छ । सुरुवात भएदेखि हालसम्म कुनै हप्ता पनि यो महाअभियानले विश्राम लिएको छैन ।एकैदिन, एकै समय स्वयंमसेवी रूपमा सञ्चालनमा रहेको यो महाअभियान नेपालको मात्र नभई सम्भवत संसारकै सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो ।