मेगा क्यापिटल, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघ बीच सम्झौता

भदौ ३०, काठमाडौं । मेगा क्यापिटल मार्केट्स, मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघ बीच सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ ।  धादिङस्थित एक समारोहका बीच मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा पुण्य प्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट अध्यक्ष शम्भु कुमार थापा र संघका तर्फबाट कार्य समिति सदस्य सुमन घरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघसँग आबद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकले सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।  जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ । मेगा बैंकले स्थापनाकाल देखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ सेवा सर्वसुलभ गराउँदै आइरहेको छ ।  यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नुको साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको जानकारी दिइएको छ ।

सम्बन्धित सामग्री

आठौं धादिङ महोत्सव पुष ७ गतेदेखि धादिङवेसी खुल्ला मञ्चमा

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा जानकारी दिएको छ । “जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन […]

मेगा बैंकले रोराङ गाउँपालिकाका साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं। मेगा बैंकले साना उद्यम प्रवर्द्धन गर्न बेनिघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटलसँग सम्झौता गरेको