काठमाडौं–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे ।  आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । सो मार्गको खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए ।  प्रक्रिया पु¥याउने सन्दर्भमा केही ढिलाइ हुँदा जाजरकोट भूकम्पपीडितले पुनःनिर्माणबापतको रकम पाउन केही समय लागेको उपप्रधानमन्त्री खड्काले उल्लेख गरे । प्रमुख जिल्ला अधिकारीमार्फत पीडितलाई राहत रकम उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।  नेपाली सेनाको कल्याणकारी कोषमार्फत हेटौंडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । उनले यसबारेमा आवश्यक निर्णय नभएकाले अहिले नै यस्तो हुन्छ भन्ने ठाउँमा नपुगेको उल्लेख गरे ।  सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे । ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्प्रेषण गरेर मात्र विकास हुने होइन । यी निकायमा समस्या नै छैन भन्ने मेरो जिकिर पनि होइन । यी संस्था हामी नागरिकको साझा सम्पत्ति हुन् । ती निकायमा रहेको कमीकमजोरी सुधार गर्न नागरिकको रचनात्मक भूमिका जरुरी हुन्छ,’ उपप्रधानमन्त्री खड्काले भने ।  सरकारले ‘सैनिक ऐन, २०६३’ लाई संशोधन गरेर समयानुकूल बनाउन लागिपरेको उपप्रधानमन्त्री खड्काले जानकारी दिए । सरोकारवालासँग आवश्यक छलफल गरी संशोधन मस्यौदा अगाडि बढाइएको भन्दै सङ्घीय संसद्को चालु अधिवेशनको संसद्मा उक्त ऐन पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।  सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा क्रियाशील रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले उल्लेख गरे । सांसदहरू भैरवसुन्दर श्रेष्ठ दिलकुमारी रावल थापा अनिता देवकोटा, गोमादेवी तिमिल्सिना, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, कमला पन्त, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरेले उपप्रधानमन्त्री खड्कालाई पूरक प्रश्न गरेका थिए । रासस

सम्बन्धित सामग्री

कर्णाली सम्पन्न भए मुलुकै समृद्ध : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन्।उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे।सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह

संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए। ‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’ उपप्रधानमन्त्री खड्काले […]

उपप्रधानमन्त्री खड्का अस्वस्थ‚ प्रोस्टेटको शल्यक्रिया गरियो

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्कामा प्रोस्टेटसम्बन्धी समस्या देखिएको हो। अस्वस्थ बनेपछि खड्कालाई नेपाली सेनाको छाउनी अस्पताल लगिएको थियो। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार उनको बुधबार नै प्रोस्टेटको शल्यक्रिया गरिएको हो। खड्का थप केहिदिन अस्पतालमा रहने उनले जानकारी दिए। खतिवडाका अनुसार हाल खड्काको अवस्था सामान्य छ।

एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउँछौं : उपप्रधानमन्त्री खड्का

९ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारे एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भएका कमजोरीलाई सुधार्ने र सुशासनका लागि देशभर अभियान चलाउने तयारी गरेको बताए । ‘भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर […]

सरकार भ्रष्टाचारविरुद्ध  दृढ छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । कांग्रेस काठमाडौं ६ क्षेत्रीय सम्मेलनमा शनिबार उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको...

सरकारले छिट्टै पूर्णता पाउँछ: उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधान तथा रक्षा, कानुनमन्त्री पूर्ण बहादुर खड्काले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्।...

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं : नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए।उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस