बढ्यो युवा तथा खेलकुद मन्त्रालयको बजेट, विगत ४ वर्षकै ठूलो

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा पेस गरेको बजेटमा युवा तथा खेलकुदका लागि ३ अर्ब ५० करोड विनियोजन गरिएको जानकारी गराएका हुन् । यो चाल आर्थिक वर्ष (२०८०/८१) भन्दा ६२ करोड ४१ लाख बढी हो । चालु आ...

सम्बन्धित सामग्री

राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न

काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।

प्रधानमन्त्री प्रचण्डः खेलका बारेमा ठूला भाषण गर्छन्, मन्त्री बनाउँदैनन्

कुनै पनि पार्टीले युवा तथा खेलकुद मन्त्रालय किन रोज्दैनन् भन्ने मुख्य प्रश्न हो । किन चाहँदैन त सांसदहरूले युवा तथा खेलकुद मन्त्रालय ? यसपछिका कारणसँग जोडिएर आउने प्रमुख पक्ष आर्थिक पाटो नै हो ।

‘समन्वयको पहल गर्नेछु’ – राखेप नवनियुक्त सदस्य क्षेत्री

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको समन्वयको लागि आफ्नो भूमिका रहने राखेपका नव नियुक्त सदस्य लेखबहादुर (एलबी) क्षेत्रीले बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्री गत मंगलबार राखेपको बोर्ड सदस्य मनोनयन भएका थिए । मन्त्रीपरिषदको मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेप सदस्यमा मनोनयन गरेको थियो । […]

क्यान मुद्दा : खेलकुद मन्त्रालयले माग्यो राखेपसँग प्रतिलिपिसहितको राय

नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाका विषयमा अख्तियारले युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रमाणित प्रतिलिपिसहितको राय माग गरेको छ ।अख्तियारले जेठ ६ गते मन्त्रालयलाई पठाएको पत्र अनुसार १५ दिन भित्र क्यानसँग प्रमाणित प्रतिलिपिसहितको राय माग्न लगाएको थियो । अहिले मन्त्रालयले क्यानसँग जवाफ माग्न राखेपलाई उक्त पत्र पठाएको मन्त्रालयका प्रवक्ता विदुर प्रसाद खनालले बताए ।‘क्यानको लिग खरिदको विषयमा हामीलाई पत्र आएको थियो । हामीले उक्त पत्रको विषयमा राष्

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ

राष्ट्रिय खेल संघको निर्वाचन अन्योलमा

२३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ जारी भएपछिको अन्यौलताका बीच कार्यसमितिको पदावधि सकिएका राष्ट्रिय खेल संघले नयाँ कार्यसमिति बनाउन सकेका छैनन् । ऐन कार्यान्वयनको जिम्मा पाएको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)को ढिलासुस्तीका कारण खेल संघको चुनाव नहुने र खेलकुदमा तदर्थवादले प्रश्रय पाउने खतरा बढ्न थालेको छ । नयाँ खेलकुद […]

दिपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, २७ असार । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । विना विभागीय मन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मनाङेले यसअघि भौतिक पूर्वाधार मन्त्रालय मागेका थिए । यसकारण मन्त्रिमण्डलको भागवण्डा मिलेको थिएन । जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी […]