लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।