एक वर्षपछि हुम्लाको लिमिमा खाद्यान्न ढुवानी

हिमालपारीको गाउँका रुपमा चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो  ।खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरे

सम्बन्धित सामग्री

निर्धारित हवाई मार्गको खाद्यान्न ढुवानी अन्तिम चरणमा

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको यस वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणका पुगेको छ। ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले नियमित रुपमा ढुवानी गरेका कारण चाँडै ढुवानी भएको हो। लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले कुल यस वर्षको निर्धारित कोटाको सात हजार ८२९ दशमलव ५० क्वीन्टल खाद्यान्न […]

खच्चडमा बोकाएर खाद्यान्न ढुवानी

काठमाडौँ, ३० फागुन । डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पा तर्फ खच्चडमा बोकाएर खाद्यान्न ढुवानी गरिँदै। तस्बिर : हेमन्त केसी /रासस

हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या

बझाङ – बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ। बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ। हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो। खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री […]

हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

सुर्खेत – नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो। लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै […]

हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु

सिमकोट – हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरेको हो। यसअघि खाद्यान्न ढुवानी गर्दै आएका निजी एयरलाइन्सहरु सबै काठमाडौँ केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा माउन्टेन एयरको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ। उक्त खाद्यान्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदान दिएको छ। […]

हुम्लामा समिट एयरले पनि थाल्यो खाद्यान्न ढुवानी

सिमकोट – हुम्लामा समिट एयरको जहाजले पनि खाद्यान्न ढुवानी थालेको छ। यसअघि सीता एयरले मात्रै हुम्ला खाद्यान्न ढुवानी गर्दै आएको थियो। समिट एयर थपिएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सहज भएको खाद्यान्न व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ। कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले केही दिनदेखि दुई […]

हुम्लामा खाद्यान्न ढुवानी गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सिमकोट – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा छिटो खाद्यान्न ढुवानी गर्न निर्देशन दिएका छन्। ढुवानी कार्य सुस्त गतिमा भइरहेका बेला जनताले खाद्यान्न नपाउने अवस्था देखिएपछि शनिबार मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्रीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख (काठमाडौं)लाई हुम्लामा खाद्यान्न तत्काल ढुवानी गर्ने कार्यमा सबै हवाईजहाज कम्पनीसँग समन्वय गरेर छिटोभन्दा छिटो ढुवानी गर्न […]

अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी

खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।...

चार महिनासम्म उत्तरी गोरखामा खाद्यान्न ढुवानी भएन

उत्तरी गोरखामा चालू आर्थिक वर्षको चार महिना सकिँदासमेत खाद्यान्न ढुवानी हुन सकेको छैन । पटक–पटक टेन्डर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले...

दार्चुलाको व्यास र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ । हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...