एमाले प्रवक्ता ज्ञवाली भन्छन्– एकताबद्ध एमालेको स्थायी कमिटीको बैठक छिट्टै बस्नेछ

काठमाडौं। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकताबद्ध एमालेको स्थायी कमिटीको बैठक छिट्टै बस्ने बताएका छन्। माधव नेपाल समूहका नेताहरुसँग सहमति नजिक पुगेकाले संयुक्तरुपमा स्थायी कमिटी बैठक बस्ने उनले जनाए। प्रवक्ता ज्ञवालीले देखापढीसँग भने, “हरेक दिन अनौपचारिक छलफलमा छौं। दुवैतर्फ सहमतिका लागि अधिकतम लचकता अपनाएर कुराकानी भइरहेको छ।”