आठ महीनामा लघुवित्तका साढे २ सय ऋणी कालोसूचीमा

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा लघुवित्त वित्तीय संस्थाका साढे २ सयभन्दा बढी ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । लघुवित्तले चर्को ब्याज लिएको भन्दै ऋण नतिर्ने आन्दोलन चर्किंदै गएका बेला तिनै संस्थाको सिफारिशमा केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तहरूले चालू आर्थिक वर्ष (आव) देखि केन्द्रमा ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेका हुन् । लघुवित्तहरूले ५ लाख रुपैयाँभन्दा बढीको कर्जा नतिर्ने ऋणीलाई कालोसूचीमा राख्न सिफारिश गर्नुपर्ने व्यवस्था छ । संस्थाले चाहेमा ५ लाख रुपैयाँभन्दा कम कर्जा लिने ऋणीलाई पनि कालोसूचीमा राख्न सिफारिश गर्न सक्छन् । यही व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरूको सिफारिशमा गत साउनदेखि फागुनसम्ममा २ सय ६० ऋणी कालोसूचीमा परेका हुन् । केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार साउनमा १ र भदौमा ३ जना मात्र ऋणी कालोसूचीमा रहेकोमा त्यसपछि भने बढ्दै आएको छ । असोजमा १५, कात्तिकमा ४२, मङ्सिरमा ५३, पुसमा ९७, माघमा १९ र फागुनमा ३० जना ऋणी कालोसूचीमा परेको केन्द्रले जानकारी दिएको छ । सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक, वित्तीय संस्थामा खाता खोल्न र ऋण लिन पाउँदैनन् । कालोसूचीका व्यक्तिले कर्जाको सम्पूर्ण साँवाब्याज भुक्तानी गरेपछि कालोसूचीबाट हटाउन सम्बद्ध संस्थाले सूचना केन्द्रलाई सिफारिश गर्नुपर्ने व्यवस्था छ । लघुवित्तमा देखिएको कर्जाको दोहोरोपना र ऋण दुरुपयोग हटाउन राष्ट्र बैंकले २ वर्षअघि लघुवित्तहरूलाई केन्द्रमा सदस्य बन्न र सूचना आदानप्रदान गर्न निर्देशन दिएको थियो । सोहीअनुसार लघुवित्तले कर्जा प्रवाह, पुरानो कर्जा नवीकरण, पुनःसंरचना वा पुनर्तालिकीकरण गर्नुअगावै ऋणी/ग्राहकबारे केन्द्रबाट अनिवार्य रूपमा कर्जा सूचना लिनुपर्ने र ऋण नतिरेका खराब ऋणीलाई केन्द्रको कालोसूचीमा राख्न सिफारिश गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंकको निर्देशनअनुसारै सबै लघुवित्तले सूचना केन्द्रको सदस्य भई ऋण लगानीको सूचना आदानप्रदान गरिरहेको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘अहिले सबै लघुवित्तको कर्जा लगानीको सूचना केन्द्रमा पठाउँछौं,’ उनले भने, ‘सबै संस्थाले सूचना आदानप्रदान गर्न थालेपछि कालोसूचीमा पर्ने खराब ऋणीको संख्या पनि बढ्न थालेको छ ।’ ग्राहकले ऋणको किस्ता तिर्ने क्षमतामा कमी आएको भन्दै ऋण मिनाहाको मागसहित शुरू गरेको आन्दोलनका कारण लघुवित्तहरूको असुली प्रभावित भएपछि संस्थाहरूको निष्क्रिय कर्जा बढिरहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत पुगेको छ । २०७८ पुसमा लघुवित्तहरूको निष्क्रिय कर्जा २ दशमलव ९४ प्रतिशत थियो । हाल ६४ ओटा लघुवित्त संस्थाले १ हजार ३ सय ८१ ओटा समूह बनाएर ५९ लाख ८८ हजारलाई वित्तीय सेवा दिइरहेका छन् । तीमध्ये ३२ लाख ६० हजार सदस्यले ऋण लिएका छन् । बैंक, वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरीब, विपन्नको समूह निर्माण गरी  लघुवित्तले सामूहिक जमानीमा तथा विनाधितो ऋण दिँदै आएका छन् । लघुवित्तहरूले प्रतिसदस्य सामूहिक जमानीमा ७ लाख रुपैयाँसम्म र सम्पत्ति धितोमा १५ लाख रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, लघुवित्तहरूले विपन्नलाई आवश्यकताभन्दा बढी ऋण दिएकाले तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै आलोचना भइरहेको छ । यसैलाई ध्यानमा राखेर राष्ट्र बैंकले फागुन १० गते निर्देशन जारी गरी एक व्यक्तिले एउटा मात्र संस्थाबाट ऋण लिने पाउने र लघुवित्तबाट ऋण लिएकाले बैंक, वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको छ । यसैगरी लघुवित्तको लाभांश वितरणमा पनि केन्द्रीय बैंकले कडाइ गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतमाथि प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्ने निर्देशन छ ।

सम्बन्धित सामग्री

२ सय ५६ प्यालेस्टाइनी मारिए : हमास

इजरायलले हमासका लागि गरेको जवाफी कारबाहीमा गाजापट्टीमा २ सय ५६ प्यालेस्टाइनी मारिएका छन् ।

२ सय म्यानपावरको खारेजी जोगाउन दौडधुप

८ जेठ, काठमाडौं । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ […]

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।

निर्वाचनका लागि भारतद्वारा २ सय गाडी उपहार

काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय गाडी उपहार दिएको छ।मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले २ सय गाडी दिएको हो। एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहार पाएका सवारीसाधन ग्रहण गरे।सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई २ सय सवारीसाधन उपहार दिएको बताए। उनले २ सय सवारीसाधनमध्ये १२० वटा सुरक्षानिकायले र बा

साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

काठमाडौँ – साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन्। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन्। गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय सवारी […]

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।

म्याग्दीकाे एउटै पालिकामा २ सय १६ पहिराे

म्याग्दी - म्याग्दीको एउटै गाउँपालिकामा रहेका २ सय १६ वटा पहिरो कारण बस्ती जोखिममा परेका छन् ।  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २ सय १६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा परेका हुन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ । 'गाउँपालिकाभित्र २ सय १६ वटा पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ'...

सोलुखुम्बुमा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ

सोलुखुम्बु । सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका पेट्रोल पम्प सञ्चालक सन्तोष घतानीले जानकारी दिनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नयाँ मुल्यसूची अनुसार सदरमुकाम सल्लेरीमा पेट्रोल प्रतिलिटर २ सय १३ रुपैयाँ […]

मनाङमा २ सय ७ जनाको उमेदवारी

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ। आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो। चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ। जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको […]

आज २ सय ९० संक्रमित थप

काठमाडौं, ६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आज २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]