ऋषेश्वर मन्दिरमा व्रतालुको भीड

आज ऋषि पञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तऋषिहरुको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । बिहीबार काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड रहेको छ ।