लीलामणि पौडेलसर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङको नेतृत्वमा छानिएको नयाँ समितिलाई बधाई दिन चाहन्छु। उहाँहरूले तय गरेको गन्तव्य हासिल गर्न उहाँको यो नयाँ कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्छु।यो अहिलेको २० औं महाधिवेशन एउटा विशिष्ट परिस्थितिमा भइरहेको थियो। विशिष्ट परिस्थितिको एउटा कारक कोरोना महामारी थियो। कोरोना महामारी र विश्व व्यवस्थाबीचको सम्बन्धबारे हामीले जानकारी राख्नै पर्छ। सन् १९४५ को दोस्रो विश्वयुद्धपछि विश्व अर्थव्यवस्था पश्चिमा