काठमाडौं। एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि यूएईले जितेको छ। साेमबार भएकाे फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो। यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। […]