तीन नेपाली चलचित्र डिशहोम गो एपमा उपलब्ध

डिशहोम गो एपमार्फत तीन नेपाली चलचित्र दर्शकका लागि उपलब्ध गराइएको छ। चलचित्र सेन्टी भाइरस, डेसान तथा नेपाली सर्टफिल्म दुई चार दिन अब डिशहोम गो का ग्राहकहरूले हेर्न सक्नेछन्। यी सामग्रीले नेपाली दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रदान गर्ने विश्वास गरिएको छ। चुनावी माहोल, राजनीतिक दाउपेच र हास्यरसले भरिएको चलचित्र सेन्टी भाइरस ले दर्शकलाई मनोरञ्जन दिन्छ। […]