झापामा चिकित्सकमाथि हातपात: नेपाल चिकित्सक संघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माग

२०८२ माघ ४ गते आइतबारका दिन अस्पतालको आकस्मिक (ईमर्जेन्सी) विभागमा सेवा दिइरहेका बेला केही व्यक्तिहरूको समूह भित्र पसी चिकित्सकमाथि आक्रमण गरेको हो। संघका आजीवन सदस्य समेत रहेका डा. आदित्य आनन्द यादवमाथि हातपात र गालीगलौज गरिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।