रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटनमन्त्रीसमक्ष माग

पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ । सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गरे ।पर्यटकीय नगरी पोखरास्थित फेवाताल

सम्बन्धित सामग्री

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् पर्यटक

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् । त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल …

रत्नमन्दिर अवलोकनका लागि खुला [तस्बिरहरू]

पोखरा स्थित रत्नमन्दिर दरबारपरिसर सर्वसाधारणसँगै स्वदेशी एंव विदेशी पर्यटकहरुको अवलोकनका लागि सोमबारदेखि खुला भएको छ। तत्कालीन राजपरिवारले ‘विन्टर प्यालेस’का रुपमा प्रयोग गरेको पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित रत्नमन्दिर गणतन्त्र दिवसको अवसर...

रत्न मन्दिर सर्वसाधरणका लागि खुल्ला, मन्त्री किराँतीले गरे उद्घाटन

काठमाडौं, १५ जेठ । पोखराको फेवाताल किनारमा रहेको  रत्न मन्दिर (राजदरबार) सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसर पारेर उक्त मन्दिर सर्वसाधरणका लागि खुला गरिएको हो । उक्त मन्दिर राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नाको नाममा  बनाएका थिए । सर्वसाधरणलाई उक्त मन्दिरमा […]

रत्न मन्दिर खोल्न यसरी हुँदैछ तयारी (तस्वीरसहित)

१४ जेठ, पोखरा । पोखरा फेवातालसँगै जोडिएको रत्न मन्दिरमा शनिबार दिउँसो पुग्दा सजावटको काम चल्दै थियो । त्यहाँ खटिएका कर्मचारी कोही फूल रोप्दै थिए त कोही मर्मतसम्भार । नेपाल ट्रस्ट सदस्य योङजोम शेर्पासहित रत्नमन्दिर व्यवस्थापनका सदस्यहरु मन्दिर खुला हुनुपूर्व आइरहेका पाहुनालाई स्वागत सत्कारको तयारीमा व्यस्त देखिन्थे । रहस्यमा रहेको रत्न मन्दिर जेठ १५ गते अर्थात […]

१५ जेठदेखि खुला हुँदै रत्न मन्दिर

तत्कालीन राजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्ने गरेको मन्दिर ११४ रोपनी क्षेत्रफलमा फैलिएको छ तत्कालीन राजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्ने गरेको पोखराको लेकसाइडस्थित रत्न मन्दिर १५ जेठदेखि सर्वसाधारणका लागि खुला...

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

गण्डकी – पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ। गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो। नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए। राजसंस्थाको अन्त्यपछि वि.सं. २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो। शाहवंशीय […]

डेढ दशकदेखि बन्द रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसदेखि खुल्ने

पर्वत : डेढ दशकदेखि बन्द रहेको पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ।फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्न मन्दिर र हिमा गृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन्। सरकारले पटक पटक खुलाउने बताउँदै आएको भए पनि हालसम्म बन्द अवस्थामा नै रहेका रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर खुल्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन्। ऐतिहासिक रत्न मन्दि

पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी

कास्की- संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन्। उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए। सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको बताए। नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उनले […]

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग

काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ । सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि […]

वैशाख मसान्त भित्रमा रत्न मन्दिर र हिमागृह खुल्छन् : मन्त्री आले

पर्वत : नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पोखरामा रहेका सम्पदाहरू रत्न मन्दिर र हिमागृहलाई वैशाख मसान्तभित्र खुलाउने बताएका छन्।बुधवारदेखि पोखराको लेकसाइडमा सुरु भएको सत्रौँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले सम्पदा खुला गराउनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी गराए। ‘२०७९ वैशाख ३० गतेभित्र हामी यो रत्न मन्दिर र हिमागृह सञ्चालनमा ल्याउने तयारीमा रहेका छौँ,’ उनले भने, ‘यहाँ भएका भौतिक पू