भारतमा मङ्कीपक्स सङ्क्रमणबाट एक युवकको ज्यान गयो

भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ। विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै ...