गजुरी गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

धादिङ जिल्लाको गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पालिकाको हालसम्म कुल १४५ मत गन्दा प्रमुख पदका लागि माओवादी केन्द्रका उम्मेदवारले ६१ मत पाएका छन् ।यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ५८ मत ल्याएको छ भने नेकपा एमालेका उम्मेदवारले ४३ मत पाएको छ ।

सम्बन्धित सामग्री

धादिङमा सात पालिकाको नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये सात ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका सात पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, २ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका अध्यक्षमा […]

धादिङकाे गजुरी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

धादिङ – धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका सर्मिला विशुराल विजयी हुनुभएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले ६ हजार तीन सय आठ र उहाँका प्रतिस्पर्धी एमालेका राजेन्द्र बिक्रम बस्नेतले चार हजार ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार विशुरालले पाँच हजार ६ सय ९९ मत र उहाँका प्रतिस्पर्धी एमालेका भगवती खड्काले तीन हजार पाँच सय ९२ मत प्राप्त गर्नुभएको छ । आठ वटा वडा मध्ये पाँच वटामा माओवादी केन्द्र र तीनवटामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छ...