गुल्मी : ७२ वर्षमा नागरिकता, ८० वर्षका वृद्धले राहदानीका लागि फाराम भरे

गुल्मी – गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनुभएकाे छ । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनुभएको हो ।  नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्‍याउनुभएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक...