सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रामा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खो