स्थानीय चुनावको सरगर्मी : मकवानपुरमा दलहरूको चहलपहल बढ्दै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मकवानपुरका राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीति दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी भित्र आन्तरिक तयारी अगाडि बढाएको हो । उता सरकार र निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचनका कार्यक्रमको आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।जिल्लामा विशेष गरी एमाले र काँग्रेसले सङ्गठन विस्तारको ब