काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा तीन दशकदेखि निरन्तर नेतृत्व जमाइरहेका छन्। पछिल्लो समय राजनितिक दलहरुमा पुस्तान्तरणको चर्को बहस चलिरहेको भए पनि माओवादीको यही ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै सर्वसम्मत नेतृत्व घोषणा निश्चित प्रायः छ। संसदमा तेस्रो दल रहेको माओवादीलाई एमालेसँगको एकता भंगपछि पार्टीलाई माथि उठाउन चुनौती छ। पार्टीलाई दुई ठूला पार्टी एमाले र कांग्रेससँग प्रतिस्पर्धामा जानका लागि माओवादीलाई प्र