एमसीसी प्रतिनिधि सभामा भोलि टेबुल होला ?

काठमाडौं, २५ माघ । प्रतिनिधि सभाको बैठक २६ माघ बुधबार डाकिएको छ । बैठकलाई निकै चासोका साथ हेरिएको छ । एमसीसी टेबुल गर्ने सरकारको प्रयास चलिरहँदा बैठक डाकिएको छ । एमसीसीबारे सत्ता गठबन्धनमा एकमत छैन । नेपाली काँग्रेस एमसीसी टेबुल गरेर पारित गरिहाल्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा खुलिसकेको छ । […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा एमसीसी टेबुल

काठमाडौं । सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच २०७४ भाद्र २९ गते नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने संझौता भएको थियो […]

एमसीसी प्रतिनिधि सभामा टेबुल

काठमाडौँ। आइबार बसेको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।