प्यालेस्टिनी खेलाडीलाई ओलम्पिकमा आमन्त्रित गरिने

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।

सम्बन्धित सामग्री

प्यालेस्टिनी शरणार्थी लिन इजिप्टको आनाकानी किन ?

इजरायली बमबारी एवं जमिनी हमलाका कारण करिब १५ लाख प्यालेस्टिनी गाजाको दक्षिणी सहर रफाहमा खाँदिएका छन् । दुई लाख ५० हजार जनसंख्या भएको रफाहमा अहिले प्यालेस्टाइनको आधा जनसंख्याले बसोवास गरिरहेका छन् ।...

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह

रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।    प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् ।  अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत […]

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्यः प्यालेस्टिनी राष्ट्रपति

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, “गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ। […]

युद्ध सुरु भएको एक महिनामा प्यालेस्टिनी जिडिपी चार प्रतिशतले गिरावट

एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ। युद्ध सुरु भएको पहिलो महिनामा वेष्ट ब्यांक र गाजामा कूल गार्हस्थ्य उत्पादन...

पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

रामल्लाह (प्यालेस्टाइन क्षेत्र), ७ असोज । इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउकोमा गोली लागेर मृत्यु भएको उक्त मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय […]

सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए

इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् । विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ । आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि  ३० वर्ष

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म ह

इजरायली सेनाद्वारा गोली हानी एक प्यालेस्टिनी युवकको हत्या

एजेन्सी। इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको दाबी गरेको छ।

अल–अक्सा मस्जिदमा प्यालेस्टिनी र इजरायली भिडन्त

एजेन्सी। शुक्रबार राति प्यालेस्टिनी श्रद्धालु र इजरायली प्रहरीबीच मस्जिद परिसरमा भिडन्त भएको छ। भिडन्तमा थुप्रै मानिस घाइते भएको बताइएको छ। झडप भएको अल–अक्सा मस्जिद मुसलमान र यहुदीहरुको पवित्र धार्मिक स्थल हो। जेरुसलेममा अहिले हिंसा निकै बढेको छ। मस्जिद परिसरमा भएको पछिल्लो झडममा१३६ जना घाइते भएको र तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट आपत्कालीन सेवाले बताएको छ।