राष्ट्रिय सभामा एमालेको विरोध जारी

नेकपा एमालेका सांसदहरुले आफ्नो विरोध कार्यक्रम जारी राखेको छ । एमालेको विरोधबीच प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, २०७५ लाई विधेयकको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बागलुङको कुश्मिसेरामा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

सञ्जाल शर्मा, बागलुङ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले ले कुश्मिसेरामा विरोध सभाको आयोजना गरेको छ । ‘विघठित प्रतिनिधि सभा पुनःस्थापन गर, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने मूल नाराका साथ जारी बिशेष संगठनात्मक अभियान अन्तर्गत राजमो जैमिनी नगरको आयोजनामा शनिबार कुश्मिसेरामा विरोध सभा सम्पन्न भएको हो । जन सभालाई राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, प्रदेश मामिला सभापति तथा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष अमर थापा र जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुनलगाएत नेताले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, जिल्ला उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल महिला संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा, युवक संघका प्रदेश सचिव संजाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य लिलादेवि शर्मा, थानेश्वर सुवेदी, लोकनाथ शर्मा, रुद्रा केसी, योगेन्द्र पौडेल, किसान संघका जिल्ला सचिव बिरेन्द्र थापा, रक्तिमका जिल्ला अध्यक्ष दानबहादुर थापा, रक्तिमका पूर्व केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष थुमराज ढुंगानाको आतिथ्यता रहेको थियो । यस्तै, जैमिनी ९ का वडा अध्यक्ष भबिन्द्र थापा बिरेन्द्र, १० काअध्यक्ष नरबहादुर थापा, ५ का अध्यक्ष गोपाल प्रसाद शर्मा, अखिल (छैटौं)का जिल्ला उपाध्यक्ष नवराज पौडेल, सचिव दिपेन्द्र पौडेल, शिक्षक संघका गोबिन्द पौडेल, व्यापार संघका जिल्ला अध्यक्ष बिस्णु अधिकारी, युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, महिला संघकी नगर अध्यक्ष टीका थापा लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो । राजमो जैमिनी नगर उपाध्यक्ष डिलकुमारी श्रीसको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रमको अध्यक्षता जनमोर्चाका नगर अध्यक्ष डिल बहादुर श्रीसले गर्नु भएको थियो भने संचालन नगर सचिव ठाकुर शर्माले गर्नु भएको थियो । हजारौंको संख्यामा उपस्थित जनमानसलाई रक्तिमका कलाकारद्वारा जनबादी गीतले सभालाई थप रोचक बनाएको थियो । पन्चेवाजा, झाँकीसहितको जुलुसले कुश्मिसेरा बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

कैलालीको बौनियामा राजमोको विरोध सभा

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले बौनिया बजारमा विरोध सभा सम्पन्न गरेको छ । ‘प्रतिनिधि सभा पुनर्स्थापना, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता तथा भ्रष्टाचार विरुद्ध’ राजमोले माघ ३ गतेदेखि दैनिक विभिन्न स्थानीय तहमा विरोध सभाको आयोजना गरिरहेको छ । बिहीबार बौनिया बजारमा आयोजित विरोध सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । महिला नेत्री रुपा आलेमगरको अध्यक्षता तथा राजमो जिल्ला सदस्य मेयरजंग शाहीको सञ्चालनमा अघि बढेको विरोध सभामा राजमो कैलाली अध्यक्ष दयाराम सन्ज्याल, सचिव जगत जोशी, किसान संघका जिल्ला अध्यक्ष राजबहादुर शाही, बुद्धिजीवी संघका शोभामणिी भट्ट, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही र लल्ला रानाको आतिथ्यता रहेको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य अन्जना मास्केले स्वागत गर्नु भएको थियो । यो पनिः कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम