प्रचण्डले भने 'शेयरमा लगानी गर्नु साम्राज्यवादको विकसित रुप, यो बिरुद्द लड्नु छ'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको लगानी उद्योग वा उत्पादनमा नभई पुँजी मै हुन थालेको बताएका छन् । पहिले पहिले पुँजीको लगानी उद्योग वा उत्पादनमा हुने गरेको त्यहाँबाट आउने नाफाबाट पुँजीपतिले लिने गरेको तर अहिले भने पुँजीको लगनी पुँजी मै हुने गरेको बताए ।उनले यसलाई भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीबादको संज्ञा दिएका छन्। र यस बिरुद्द लड्ने जिम्मा अहिलेको कम्युनिष्टलाई आएको बताएका छन् ।  शनिवार माओवादी केन्द्रको प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो भनेका हुन्  ।उनले भने 'धितोपत्र बोर्ड, सट्टाबजार. आइएमएफ, विश्व बैंक , एसियाली बैंक साम्राज्यवादका विकसित रुपहरु हुन् । यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडी बढाउने र नाफा सोहोरेर संसारका केहि सिमित पुँजीपतिहरुको हातमा संसार कै धन एकठ्ठा गर्ने, र विश्वका अत्यधिक धेरै , ८० प्रतिशत जनसंख्यालाई भोको नाङ्गो राख्ने प्रणाली हो यो । पुँजीको लगानी अब उत्पादनमा हुदैन, सट्टाबजारमा हुन्छ, धितोपत्रमा हुन्छ, बैंकहरुले पुँजी सिधै घरजग्गा किनबेचमा लगाउछन् । घरजग्गा कारोबारबाट अरवौ अरवौ पैसा थुप्रिने भएकोले विश्वभरी नै यस्तोमा पुँजी लगानी हुन थाल्यो। मजदुरको कटौती हुन थाल्यो । अब हामीले यो सँग लड्ने तरिका खोज्नु छ । '