मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता बुट क्याम्प

काठमाडौं (अस) । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स बैंकिङ एन्ड इन्स्योरेन्सले फागुन २२–२७ सम्म लगानी साक्षरतासम्बन्धी बुट क्याम्प आयोजना गरेको छ । कार्यक्रममा कर्पोरेट साझेदार बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी र सेयर बजारका अनुभवी व्यक्तिको सहकार्य रहेको छ । बुट क्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि सहभागी सबैलाई निःशुल्क प्रमाणपत्र वितरण गरिनेछ । ६ दिनसम्म चल्ने लगानी बुट क्याम्पबाट नेपाल स्टक एक्सचेन्जमा लगानी  सुरुआतसम्बन्धी आधारभूत जानकारी दिइनेछ । बुट क्याम्प अवधिभरि एनआईबीएल एस क्यापिटल, अनलाइन सेक्युरिटिज प्रालि, एसएमटीएम क्यापिटलका विशेषज्ञ  र अनुभवी लगानीकर्ता दिलीपकुमार मुन्नाकर्मीले सहभागिता जनाउनेछन् । क्याम्पमा सहभागीले कुनै पनि प्रश्न सोध्न वा विशेषज्ञसँग आफ्ना विचार साझा गर्न सक्नेछन् ।