डेब्यु नगर्दै अगुएरो घाइते

एजेन्सी – नयाँ सिजनको सुरुवातको नजिकमा बार्सिलोना र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि सुखद रहेनन् । सुपर स्टार लिओनल मेस्सीलाई क्लबमै राख्न असफल बार्सिलोनामा नयाँ खेलाडीका रुपमा आबद्ध भएका सर्जियो अगुएरोले सिजनको सुरुवात गर्न नसक्ने भएका छन् । आइतबार अभ्यासका दौरान मेस्सीको निकटका मित्र अगुएरो घाइते भएको छन् । जसका कारण उनी दुई देखि तीन महिना […]

सम्बन्धित सामग्री

बार्सिलोनालाई ११ अंकको अग्रता, रियाल मड्रिडले अल्मरियालाई हरायो

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले उपाधि दाबेदारी बलियो बनाउँदै गएको छ।   युवा खेलाडी लेमिन यमलले डेब्यु गर्दै कीर्तिमान बनाएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियाल बेटिसलाई ४–० गोलले हराएको छ। यो जितपछि बार्साले ११ अंकको स्पष्ट अग्रता बनाएको छ।खेलको पहिलो हाफमै बार्साले ३ गोलको अग्रता बनाएको थियो। एन्द्रियस क्रिस्टेनसेनले १४ औँ मिनेटमा गोल गरे। ३३ औँ मिनेटमा पाहुना टोली बेटिस १० खेलाडीमा झर्‍यो। इडगार गोन्जोलेजले लुइज फिलिपलाई खराब ट्याकल गरेर घाइते बनाएपछ

अर्जेन्टिनालाई धक्का, सुपरस्टार खेलाडीले गुमाउने भए विश्वकप

विश्वकप फुटबलको मुखैमा अर्जेन्टिनालाई धक्का लागेको छ । फरवार्ड पाउलो डिबालाले चोटका कारण फिफा विश्वकप गुमाउने भएका हुन् । फुटबल एस्पानाका अनुसार डिबालाले तिघ्रामा लागेको चोटका कारण कतारमा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् । आइतबार (९ अक्टोबर) मा एएस रोमाले सेरी एमा लेसे विरुद्ध २–१ ले जित्दा पेनाल्टी हान्दा डिबाला घाइते भएका थिए । रोमाका प्रबन्धक जोसे माउरिन्होले डिबालालाई खराब चोट लागेको पुष्टि गरेका छन् । माउरिन्होले भनेका छन्, “डिबालाको कुरा नराम्रो छ, धेरै नराम्रो भन्नु हुँदैन । दुर्भाग्यवश, यो केवल खराब भन्दा धेरै धेरै नराम्रो छ ।”विश्वकप सुरु हुन एक महिना भन्दा केही दिन मात्र बढी बाँकी रहेकाले डिबाला टोलीमा फर्कने सम्भावना अत्यन्त कम रहेको हो । पाउलो डिबालाले २०१५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । डिबालाको अनुपस्थिति हुँदा विश्वकपमा अर्जेन्टिनालाई ठूलो धक्का लाग्नेछ ।

सन्दीप पूर्ण फिट, गुल्सनले डेब्यु गर्ने सम्भावना

मस्कट (ओमान) । ओमानविरुद्धको खेलमा अचानक घाइते भएका सन्दीप लामिछाने आज अमेरिकाविरुद्धको खेलमा पूर्ण फिट भएको नेपाली टोलीका फिजियो विक्रम न्यौपानेले बताएका छन् । नेपाली टोलीमा स्पिनरको नेतृत्व गरेका सन्दीप ओमानविरुद्ध फिल्डिङ गर्ने क्रममा अचानक पेट दुखेर मैदानमा ढलेका थिए । त्यसपछि प्राथमिक उपचारपछि उनी ठिक भएका थिए । तथापि, उनले...

घाइते अलेक्सान्डर आर्नोन्डको स्थानमा बेन ह्वाइट

घाइते बनेका ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको स्थानमा ब्राइटनका डिफेन्डर बेन ह्वाइट इङ्ल्याण्डको युरो २०२० टोलीमा समावेश गरिएको छ । २३ वर्षीय खेलाडीले गत हप्ता अस्ट्रियाविरुद्ध १–० को जीत निकालेको खेलमा टोलीमा डेब्यु गरेका थिए । सोही खेलमा अलेक्सान्डर आर्नोल्ड घाइते भएका थिए ।आइतबार रोमानियाविरुद्धको खेलमा टाइरोन मिंग्ससँगै खेलको शुरुवाती ११ मा रहेका थिए । गेराथ साउथ गेटको टोलीले आइतबार समूह डी अन्तरगतको शुरुवाती खेलमा वेम्बले स्टेडियममा क्रोएसियाको सामना गर्दैछ ।बेन ह्वाइटसँगै एभर्टनका बेन ग

फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी टोलीमा बोलाइए

फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा स्थान सुनिश्चित गर्नुभएको छ । बङ्गलादेश विरुद्धको श्रृखंलाका लागि उहाँलाई टोलीमा बोलाइएको हो । उहाँ ब्याट्सम्यान हुनुहुन्छ । दुई वर्षसम्म घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहनुभएका एडम मिल्ने समेत पुनरागमन गर्नुहुने भएको छ । जारी सिजनमा टेष्ट र अन्तर्राष्ट्रिय एकदिबसीयमा डेब्यु गर्नुभएका विल योङ्ग समेत टी ट्वान्टी टोलीमा पर्नुभएको छ । गत् डिसेम्बर महिना यता घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नसकेका लुसी फरगुसनको समेत पुनरागमन भएको हो ।

नवदीप सैनीले डेब्यु गर्दै, मयनक ‘आउट’, रोहित शर्माको पुनरागमन

तीब्र गतिका बलर नवदीप सैनीले भारतका लागि अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यु गर्नुहुने भएको छ । सैनीले दोस्रो टेष्ट खेलमा घाइते हुनुभएका उमेश यादबलाई बिस्थापित गर्नुहुनेछ । भारतीय टोलि ब्यवस्थापनले बिहीबारदेखि सुरु हुने सिड्नी टेष्टका लागि ‘अन्तिम एघार’ घोषणा गर्दा दुई जना खेलाडीबाहेक मेलबर्न टेष्टकै टोलिले निरन्तरता पाउनेछन् ।

तेस्राे टेष्टका लागि भारतीय टिम घाेषणा

२२ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धकाे तेस्राे टेष्टका लागि भारतीय टाेली घाेषणा भएकाे छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्। यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलाे पटक टेष्टकाे प्लेइङ ११ मा स्थान बनाएका हुन् । यस्तै राेहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर […]