राना थारू समुदायमा ३८ दिन होली !

नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू । यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा गरिएको छ ।यस वर्षको फागु पूर्णिमा फागुन ४ गते परेको छ । तर रानाथारू समुदायमा मनाइने सबभन्दा ठूलो पर्व फागु अर्थात् होरी पर्व माघ पूर्णिमाबाट सुरु हुने भएकाले माघ ४ बाट सुरु भएको थियो । पहिले रानाथारू समुदा

सम्बन्धित सामग्री

परम्परागत होली पछ्याउँदै राना थारू समुदाय

महेन्द्रनगर (कञ्चनपुर), १५ चैत । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन् । गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उनलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् । सोहीअनुसार चालु […]