एटीएम कार्डबिनै पैसा निकाल्न मिल्ने ‘कार्डलेस’ सेवा कसरी लिने ? यस्ता छन् यसका फाइदाहरू

काठमाडौं । अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डबिना नै एटिएमबाट पैसा झिक्न पाउने सेवा हो । एटीएम नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन एटीएम चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसको लागि ग्राहकहरू स्मार्ट फोन प्रयोगकर्ता भने हुनै पर्छ ।  मोबाइल बैंकिङ सेवा लिएका ग्राहकको लागि कार्ड र चेकबिनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे । कसरी लिने कार्डलेस सेवा ?  कार्डलेस सेवा लिनको लागि पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको पैसा ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि तपाईंले विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि तपाईंले एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाको लागि प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ ।  एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको पैसा उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ ।  प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी प्रवेश गरेपछि एटीएम कार्डबिना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ ।  यो कारोबारका लागि ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्ने छन् । त्यस्तै एकदिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ ।  नेपालमा कति छन् कार्डलेस सेवा प्रयोगकर्ता ?  नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिसहरू एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले नेपालमा कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको सुरुवात गरेको नबिल बैंकका रिटेल ट्रान्जेक्सन बैकिङ प्रमुख निरज शर्माले जानकारी दिए । उनले यो माध्यमबाट पैसा झिक्ने ग्राहक बढिरहेको बताए ।  ‘पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो, कसैले एटीएम बिर्सियो÷हरायो वा एटीएमको पिन नम्बर हरायो भने पनि ग्राहकलाई पैसा झिक्न अफ्ठ्यारो नहोस् र स्मार्टफोनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै बैंकले एटीएमबाट पैसा निकाल्ने सुविधालाई मोबाइल बैंकिङसँग मिसाएको हो,’ उनले भने ।  कोभिडको डरले धेरै मानिसहरू एटीएममा जान डराएका बेलामा कार्डलेस शुरु गरिएको उनले बताए । अहीले नबिल बैंकको २७१ ओटा एटीएममा यो सेवा लागू भइसकेको पनि उनले जानकारी दिए ।  कार्डलेसका फाइदा र बेफाइदा  एटीएम बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायतका कुरा कार्डलेसका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले आफ्नो बैंकको च्यानलभित्र मात्रै सीमित छ । त्यसको लागि तपाईंको बैंकको एटीएम टाढा भए पनि त्यही पुग्नुपर्ने यसको नराम्रो पक्ष हो ।  सबै वाणिज्य बैंकमा सेवा छैन, विकास बैंकले पनि शुरू गरिसके  कार्डलेस सेवा वाणिज्य बैंकसँगै विकास बैंकहरूले पनि शुरू गरेका छन् । गत वैशाखदेखि नै कार्डरहित एटीएम सेवा शुरू गरेको सांग्रिला डेभलपमेन्ट बैंकमा अहिले ५५ हजारभन्दा धेरै कार्डलेस प्रयोगकर्ता रहेको बैंकका कर्मचारी गणेश कँडेलले बताए ।  यसका लागी कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैकिङ सेवाकै शुल्कमा यो सेवा पनि दिएको उनको भनाइ छ । अहिले बैंकको आफ्नै एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् । \ यस्तो छ नेपालमा कार्डलेस सेवाको इतिहास  नेपालमा कोभिड संक्रमणको समयमा सनराइज बैंकले पहिलो पटक कार्डलेस एटिएमको शुरुवात गरेको थियो । अहिले यो सुविधा सञ्चालनमा रहेका अधिकांश बैंकहरूले दिँदै आएका छन् ।  नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली (एनसिएचएल) बाट सञ्चालित हुने गरेको छ ।  नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकको विश्वास छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा मोबाइल बैंकिङको प्रयोकर्ताको संख्या अघिल्लो आवको तुलनामा २९ प्रतिशतले बढेर १ करोड ८३ लाख पुगेको छ ।

सम्बन्धित सामग्री

खप्तडमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

सुदूरपश्चिमको खप्तड क्षेत्रमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटन मन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित...

महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

महिलालाई फिटिक्कै मनपर्दैनन् यस्ता खालका पुरुष, तुरुन्तै गर्नुहोस् सुधार

यो कुरा त सबैलाई थाहा छ कि विपरित चिजले एक–अर्कालाई आकर्षित गर्छ । पुरुष र महिलाका यस्ता थुप्रै चिज छन् जुन एक अर्कालाई मनपर्छन् जबकी यस्ता थुप्रै चिज पनि हुन्छन् जुन फिटिक्कै मन पर्दैनन् । सबैमा केही सकारात्मक पक्ष भएसँगै नकारात्मक पाटा पनि हुन्छन् । यस्तै यदि महिलाको कुरा गर्ने हो भने उनीहरुले पुरुषमा हरेक चिजलाई असाध्यै नजिकबाट नियाल्ने गर्छन् । यस्तोमा महिलालाई पुरुषका केही बानी फिटिक्कै मन पर्दैन । यसको अर्थ यो होइन कि तपाईं कोही महिलालाई खुसी पार्नका लागि आफूले आफैंलाई पूर्ण रु

एकैपटकमा नबुझिने यस्ता तस्वीर, जुन तपाईं हेरेरै छक्क पर्नुहुनेछ

सामाजिक सञ्जालमा दिनदिनै अनेक अर्थ लाग्ने तस्वीरहरू अपलोड भइरहेका हुन्छन् । शुरुमा हेर्दा अचम्म लाग्ने यस्ता तस्वीरको वास्तविकता थाहा पाएपछि मानिसहरू तीनछक पर्छन् ।  पर्फेक्ट टाइमिङ र एंगलका साथ खिचिएका यस्ता तस्वीरले एकचोटि त तपाईंलाई कन्फ्युज गरिदिन्छन् ।  माथिकै फोटो हेर्नुस् । यी महिलाको चारवटा गोडा छन् त ? खासमा यिनी ऐनाअगाडि झुकेकाले चारवटा गोडा देखिएको हो । गोडाबाहेक शरीरका कुनै पनि अंग ऐनामा नदेखिएकाले उनको चारवटा गोडा देखिएको हो । यो पुरुषले बिकिनी लगाएको होला त ? सुगा...

अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, बच्नलाई अपनाउनुहोस् यस्ता सावधानी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले देशनिकालाको सामना समेत गर्नु परेको छ । अमेरिकी सरकारको युएससीआईएसले यस्ता ठगहरुबाट जोगिनका लागि चेतावनी नै जारी गरेको छ । किनभने ठगको पछि लागेर गलत […]

पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

पिसाब पोल्ने समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् तर पनि अझै पनि कतिपय मानिसहरु यस्ता समस्या लुकाउँछन् । यसर्थ यही समस्याले कतिपयको ज्यान पनि जान सक्छ

दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण

काठमाडौ । केही मानिसहरुका दाँत फाटिएको पक्कै देख्नु भएको छ होला । यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फाटिएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै... The post दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण appeared first on Purbeli News.

आफ्नो जीवनसाथीलाई यस्ता कुरा अवश्य शेयर गर्नुहोस्, नत्र जीवन वर्वाद हुनसक्छ !

जीवनका केही कुरा कसैलाई पनि भन्न हुन्न जसले तपाईको जीवनमा असर गर्नेछ । तर यस्ता केही कुरा छन् जसलाई तपाईले भन्नु भएन भने तपाईलाई असर पर्छ । केही यस्ता विषय छन् जसलाई तपाईंले आफ्नो पार्टनरलाई भन्ने पर्ने हुन्छ । यदी तपाईले भन्नु भएन भने तपाई समस्यामा पर्न सक्नु हुन्छ । यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् : सहवास : तपाईं तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको ...