रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गरेको बयानलाई चेतावनीयुक्त रहेको बताएको छ ।क्रेमलिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार ‘पुटिन सत्तामा बस्न सक्दैनन्’ भन्ने खालको सार्वजनिक बयान चेतावनी जस्तै छ । वास्तवमा, पोल्याण्डको वारसामा आफ्नो सम्बोधनका बेला शनिबार जो बाइडेनले भनेका थिए, ‘भगवानका लागि, यी व्यक्ति सत्तामा बस्न सक्दैनन् ।’उनले युक्रेनमाथि रुसको हमलालाई लोकतन्त्र र निरंकुशता बीचको एउटा ठूलो संघर्ष बताएका