करिडोर निर्माण रोक्न माग गर्दै बुटवलमा प्रदर्शन

बुटवलको महत्त्वपूर्ण परियोजना तिनाउ र दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै प्रभावित क्षेत्रमा बासिन्दालाई बुटवलमा प्रदर्शन गरेका छन् ।  उनीहरू आफूहरूलाई क्षतिपूर्तिसहित सही व्यवस्थापन नहुँदासम्म आयोजनाको काम अगाडि बढाउन नदिने बताउँदै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।  दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयले आइतवार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका छन् । उनीहरूले ‘करिडोर चाहिँदैन, सुकुम्वासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । बुटवल उपमहानगरको महत्त्व...