टी–२० विश्वकप क्रिकेटमा आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दै

टी–२० विश्वकप क्रिकेटमा आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दैछन् । होबार्टमा समूह ‘बी’ का दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा बिहान पौने १० बजे स्कटल्याण्ड र आयरल्याण्ड तथा दोस्रो खेलमा दिउँसो पौने दुई बजे वेस्ट इण्डिज र जिम्बाबेबीच खेल हुनेछ । स्कटल्याण्डले अस्ति भएको पहिलो खेलमा वेस्ट इण्डिजलाई हराएको थियो । पहिलो खेलमा आयरल्यान्ड जिम्बाबेसँग हारेको थियो । अस्ट्रेलियामा भैरहेको विश्वकपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलंका, यूएई, नेदरल्यान्ड्स, वेस्ट इण्डिज, जिम्बाब...