मैत्रीपूर्ण खेलमा डर्टमण्ड पराजित

एजेन्सी। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्ड सिजन पूर्वको मैत्रीपूर्ण खेलमा बोहमसँग ३–१ ले पराजित भएको छ। बोहमका सोमा नोभोथने, सिल्भेरे गानभोउला र हबर्ट बोकहोमले गोल गरे। डर्टमण्डका मार्को पासालिकले गोल गरे। डर्टमण्डले यसअघि गिइसेनलाई २–० ले हराएको थियो। डर्टमण्डले अब स्पेनिस ला लिगाको एथलेटिक विल्बाओविरुद्ध अर्को शनिबार खेल्नेछ।