फिदिमकाे उपमेयरका उम्मेदवार राप्रपा नेता थापासहित विभिन्न पार्टीबाट एमाले प्रवेश

काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाको उपमेयरका उम्मेदवार रहेका राप्रपाका नेता जगत थापा मगरलगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको फिदिममा आयोजित अन्तिम सभामा उनीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् । नेपाली कांग्रेस, राप्रपा, नेकपा एसलगायत पार्टीबाट उनीहरु एमाले प्रवेश गरेका हुन् ।   […]

सम्बन्धित सामग्री

लिङ्देनले राप्रपा छोड्न सक्छन्?

वाम गठबन्धनको समर्थनमा झापा-३ बाट विजयी राप्रपा नेता राजेन्द्र लिङ्देन एमाले प्रवेश गर्छन् भन्ने हल्ला व्यापक छ। संसदीय चुनावमा समानुपातिकतर्फ राप्रपाले सदर मतको तीन प्रतिशत कटाउन सकेन। त्यसैले उनी संसदमा स्वतन्त्र हैसियतमा रहने भएपछि यो हल्ला झनै व्यापक भएको हो। चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष केपी ओलीले नै झापाका मतदातालाई सम्बोधन गर्दै लिङ्देनलाई दिएको भोट…

निवर्तमान उपसभामुख एमाले प्रवेश

निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा यादवलाई पार्टी प्रवेश गराएका हुन् ।