तराई-मधेसमा दैनिक गर्मी बढ्यो, घर बाहिर निस्कनै मुस्किल

धनुषा- तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्न पख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ […]