नेपालमा सम्पन्न पीएमजीसी २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको फोर्थ्राइभ्स इस्पोर्ट्सले जितेको छ। प्रतियोगितामा कुल २०९ अंक हासिल गर्दै टोली दक्षिण एसियाली च्याम्पियन बनेको हो। काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट पब्जी मोबाइल इस्पोर्ट्स टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धात्मक फाइनलमा फोर्थ्राइभ्सले सर्वाधिक अंकसहित पहिलो स्थान हासिल गर्दा नेपालको टी२के इस्पोर्ट्स दोस्रो […]
नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ। नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही […]
न्यूयोर्क — नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार न्यूयोर्क आइपुगेका छन्। न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए। खनालले सामाजिक सञ्जालमार्फत आफू संयुक्त राष्ट्रसंघको […]
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भोटेकोशी विपदबाट सडक पूर्वाधारमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको बताएका छन्। सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले क्षतिग्रस्त सडक तथा पुलको वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माण कार्ययोजना तयार भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार नागरिकको आवागमन सहज बनाउने […]
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेस गरिएको छ । क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थान मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ । […]
मंगलबार बिहानसम्म वाइको प्रालीले विकास गरेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा सुधार नभए यो प्रणाली चलाउने ७२ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का रहनेछ।