ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

सम्बन्धित सामग्री

ईपीएल क्रिकेट : भैरहवा क्वालिफायरमा, काठमाण्डौ बाहिरियो

काठमाण्डाै – इलिमिनेटरमा काठमाण्डौ किंग्स इलाभेनलाई १६ रनले हराउँदै भैरहवा ग्लाडियटर्स प्ले क्वालिफायरमा पुगेको छ । आज भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाण्डौले ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो । काठमाण्डौका लागि श्रीलंकाका खेलाडी असन प्रियञ्जनले ६८ रन बनाए । बलिङतर्फ भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए । आज विजयी भएको भैरहवाले फाइनल प्रवेशको लागि पोखरा राइनोजसँग खेल्नेछ । हारसँगै काठमाण्डौ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल क्रिकेट : मैदान भिजेकाले ललितपुर र पोखराको खेल ७ ओभरमा घटाइयो

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ ।  त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो । ढिलो गरी सुरु भएकाले ७–७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् । पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भ...

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

भैरहवाको पोखरामाथि कीर्तिमानी जित, रविले बनाए ४७ बलमा सतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाका लागि भारतीय खेलाडी रवि इन्दर सिंहले नटआउट १२५ रन बनाए ।    भैरहवाले पोखरालाई ४ ...